शैक्षिक सत्र देखि लागू भएको नयाँ पाठ्यक्रमको अध्यापनको करीब आधा वर्ष सकिनै लाग्दा ललितपुरमा कसरी शिक्षक शिक्षिकालाई पाठ्यक्रम ढाँचा अनुसारको प्रश्नपत्र निर्माण गर्ने सम्बन्धी (तालिम)कार्यशाला हालै सम्पन्न भएको छ | कार्याशालाको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका इकाई प्रमुख निम प्रकाश सिं राठौरले गरेका थिए ।
परीक्षामा विश्वसनीयता र वैधता युक्त प्रश्न निर्माणका लागि सक्षमता मापन (तालिम) कार्यशाला राखिएको जसले शिक्षक शिक्षिकालाई सक्षम बनाउने र पाठयक्रमको सक्षमता पनि पूरा हुने ध्येय रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राठोरले बताए ।
विभिन्न संघसंस्थाले बनाएका प्रश्नपत्र खरिद गरेर परीक्षा लिँदा शिक्षकहरुले प्रश्नपत्र नै बनाउन बिर्सिन लागेको भन्ने कटाक्ष पनि(तालिम)कार्यशाला राखिएको प्रभात माविका एक शिक्षकले बताए|
जिल्लाका ६ स्थानीय तहका करिब ५६ जना शिक्षकशिक्षिकाहरू (तालिम) कार्यशालामा सहभागी रहेका थिए।
जसमा वाग्मतीबाट ३ शिक्षक,कोन्ज्योसोमबाट ३ शिक्षक ,महाकालबाट ४ शिक्षक ,गोदावरीबाट ११ ,महालक्ष्मीबाट १३ र महानगरबाट २२ उपस्थित थिए । अनिवार्य ५ विषयका लागि(तालिम) कार्यशाला राखिएको थियो भने सहजीकरणको भूमिकामा आनन्द ढुंगाना ,दिनेशकुमार थापा,तेजप्रसाद पराजुली कुल बहादुर नेपाली ,रामचन्द्र सुवेदी ,अर्जुन घिमिरे ,दया आचार्य ,मनिता श्रेष्ठ र नहकुल दुलाल लगायत रहेका प्रभात उच्च माविका प्रधानाध्यापक तथा NNTA का ललितपुर अध्यक्ष देवी दुलालले जानकारी दिए ।