शिक्षक तथा विद्यालय कर्मचारीहरुको मागहरु सम्बोधन नहुँदा सम्म अनिश्चितकालिन विद्यालय बन्द: का वा अध्यक्ष देवेन्द्र महर्जन (शिक्षक महासंघ ललितपुर )

नेपाल शिक्षक महासंघ ललितपुरले नेपाल शिक्षक महासंघ र नेपाल सरकार बीच विगतमा भएका ३० बुँदे र ५१ बुँदे मागहरु सम्बोधन नहुँदा सम्म शिक्षक / विद्यालय कर्मचारीहरुको आन्दोलन नरोक्ने भएको छ ।यो प्रतिवद्धता प्रकट गर्दै आज बसेको बैठकले ऐतिहासिक निर्णायक आन्दोलनबाट शिक्षक तथा विद्यालय कर्मचारीहरुको मागहरु सम्बोधन नहुँदा सम्म यहि २०८० असोज ४ गते देखि हुने आन्दोलन नरोक्ने भएको हो ।
सोमबार लगनखेलमा बसेको महासंघको बैठकले अनिश्चितकालिन विद्यालय बन्द गरि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरेको छ । महासंघले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट आयोजना हुने सबै प्रकारका कार्यक्रमहरु बहिस्कार गर्न जिल्लाका सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई अनुरोध गरेको हो । महासंघमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन,प्रगतिशील शिक्षक संगठन, नेपाल शिक्षक परिषद र नेपाल कर्मचारी परिषद लगायत घटकहरु आवद्ध छन् ।

महासंघले जारी गरेको अपिल:

नेपाल शिक्षक महासंघ जिल्ला समिति, ललितपुर

हार्दिक अपिल

मितिः २०५०/०६/०१

राष्ट्रनिर्माणको प्रमुख आधार नै शिक्षा हो । अझ नेपाल जस्तो अल्प विकसित राष्ट्रको लागि शिक्षा सबैभन्दा प्राथमिक महत्वको विषय हो । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पनि १५ वर्ष पुगीसक्यो, तर अझै पनि २०२८ सालकै शिक्षा ऐनबाट विद्यालय शिक्षा संचालित छ । शैक्षिक क्षेत्रमा सरोकार राख्ने शिक्षक विद्यार्थी, अभिभावक, शिक्षा विद र शिक्षाप्रेमीहरुले नयाँ शिक्षा ऐनको माग गरिरहेको सन्दर्भमा नेपाल सरकारले २०८०/०५/२७ गते विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन २०५०) संसद सचिवालयमा दर्ता गरेको छ । सार्वजनिक विद्यालयको सवलीकरण सहित शिक्षक / विद्यालय कर्मचारी, विद्यार्थी मैत्री शिक्षाऐन आउने अपेक्षा सबैले गरिरहेको सन्दर्भमा प्रस्तवित नयाँ शिक्षा ऐनमा जुन किसिमको प्रावधान राखिएर ल्याईयो, यसले आम अभिभावक, शिक्षक विद्यालय कर्मचारी र शैक्षिक सरोकारवाला सबैमा निरास र आक्रोसित बनाएको छ । शिक्षण क्षेत्रमा लामो समय देखी आफ्नो जीवन, जवानी व्यतित गर्दै आइरहेका शिक्षक / विद्यालय कर्मचारीहरुका पेशागत सुनिश्चितता गर्नुका साटो थप अपमानित र पेशाबाटै हात धुनु पर्ने गरी ल्याइएको शिक्षा ऐन प्रति गम्भीर आपत्ती प्रकट गदै यसका विरुद्ध ललितपुर जिल्लाका शिक्षकका पेशागत संघ, संस्थाहरु सबै एकजुट भई सबै आवद्ध संस्थाहरुको छाता संस्था नेपाल शिक्षक महासंघद्वारा घोषित निर्णायक संघर्षमा उत्रिन सबै शिक्षक, कर्मचारीहरुलाई आह्वान गर्दछ ।

नेपाल शिक्षक महासंघ र नेपाल सरकार बीच विगतमा भएका ३० बुँदे र ५१ बुँदे मागहरु सम्बोधन नहुँदा सम्म

शिक्षक / विद्यालय कर्मचारीहरुको यो आन्दोलन नरोकिने व्यहोराको प्रतिवद्धता प्रकट गर्दै यो ऐतिहासिक निर्णायक

आन्दोलनबाट शिक्षक तथा विद्यालय कर्मचारीहरुको मागहरु सम्बोधन नहुँदा सम्म यहि २०८० असोज ४ गते देखी

अनिश्चितकालिन विद्यालय बन्द गरि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन र नेपाल सरकार, प्रदेश सरकार र

स्थानिय सरकारबाट आयोजना हुने सबै प्रकारका कार्यक्रमहरु बहिस्कार गर्न ललितपुर जिल्लाका सम्पूर्ण शिक्षक तथा

विद्यालय कर्मचारीहरुलाई अनुरोध गरिन्छ ।

अन्त्यमा ललितपुर जिल्ला भरिका शिक्षक / विद्यालय कर्मचारीहरुका न्यायिक र जायज मागहरु पूरा गराउनका लागि आवश्यक पहल एक्यवद्धता, पक्षीकरण, सहयोग, समर्थन गरि दिनुहुन सबै राजनैनिक दलहरु, माननीय सांसदहरु, प्रधानाध्यापकहरु, पत्रकारहरु, अभिभावकहरु, विद्यार्थी वर्ग, शिक्षाप्रेमी, शिक्षाविद् सबैमा हार्दिक अनुरोध एवं अपिल गर्दछ ।

का.वा. अध्यक्ष

जिल्ला समिति, ललितपुर