शुभकामना अंग्रेजी माध्यमिक विद्यालयमा केक काटेर बालदिवस

ललितपुरको शुभकामना अंग्रेजी माध्यमिक विद्यालयले शुक्रबार आफ्ना विद्यालयका विद्यार्थीहरुलाई केक काटेर खुवाई बालदिवस मनाएको छ । विद्यालयले केकका साथमा खाजा खुवाई साधारण रमाइलो गर्दै बालदिवस मनाएको हो ।एक शिक्षिकाले भनीन मन्दिर जत्रै केक काटेर हामीले बाल दिवस मनायौं ।

कक्षा दशसम्म पढाइ हुने जिल्लाकै नमुना स्कुलको रुपमा शुभकामना माध्यमिक विद्यालयलाई लिइन्छ । नेवारी घना बस्तीमा रहेको यो विद्यालयमा पढाइका लागि सहज वातावरण रहेको विद्यार्थीहरुको भनाई छ ।

केक संस्कृति र हामी

आजभोलि जन्म दिवसलाई उच्च प्राथमिकतामा राखी मनाउने गरिन्छ ।जन्मदिवसमा केक काटेर खुवाउने चलन पनि बढदो छ ।केक काटदा मैन बत्ती बालिन्छ र त्यसलाई फुकेर निभाइन्छ ।बलेको बत्तीलाई दिर्घायुको प्रतिक मानिन्छ ।हिन्दू संस्कृतिमा बत्ती निभाउन हुन्न भन्ने छ ।केक काट्ने परम्परा क्रिष्टियन धर्म सँग सम्बन्धित छ ।हिन्दूले जे गर्छ भाषा फरक गराई पक्ष केही मिल्न जाने ? मानौ हिन्दूवादीहरुले भूत पिसात(पिसाव),धामी,झाक्री,डानी ,बोक्सी, किचकन्नी,वायु आदिको कुरा गर्छन् ।तिनै वायु बगेको रुपलाई क्रिष्टियनहरुले पिसात र छौडा भन्छन् ।उपचार उही नै देखिन्छ ।अहिले कतिपय वेद र उपनिषद ग्रन्थहरुको अध्यन अध्यापन अमेरिकामा हुन थालेको छ ।नेपाली लोकगीतमै पिएचडी गर्ने अन्ना दोहोरी गायिका बनी सकिन् ।हामी हाम्रो संस्कार संस्कृतिलाई भुल्न लाग्दैछौं ।हुन त भाषासँग संस्कार र संस्कृति जोडिएको हुन्छ ।हामी किन बढ्दो बैदेशिक संस्कार पछ्याउँदै छौँ आधुनिक संस्कारको नाममा ? मुखलाई मोहीछैन ..लाई घ्यू भनेझैँ हामी भूगोल ,जाति, वर्ग र पेसा व्यवसाय अनुसारका नेपाली संस्कारी मान्छे ? धेरै वर्ष विदेश गएर नेपाल फर्किदा हामीलाई बल्ल थाहा हुन्छ नेपाल कस्तो छ भन्ने ?त्यसैले पनि हामीले हाम्रो संस्कार र संस्कृति भूल्न हुँदैन ।

शुभकामना अंग्रेजी माध्यमिक विद्यालय एक क्लिक

क्यान्टिनमा खाजा खाँदै विद्यार्थी