प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी राष्ट्रपतिले तोक्नु भएको छ ।
शनिबार प्रधानमन्त्री दाहाल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन जानुभएपछि प्रधानमन्त्रीबाट हुने सम्पूर्ण कार्यवाहक जिम्मेवारी उप प्रधानमन्त्री खड्कालाई तोक्नु भएको हो ।दाहालको तत्पश्चात् जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुनेछ ।