सुनामी जस्तो बाढी आएर लिबियामा ५ हजार बढीको मृत्यु भएको छ ।
एक मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीलाई बताएका छन्।
डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आएको थियो ।
उनले आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका हुन ।
उक्त बाढीले करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्याएको समाचार एजेन्सीहरुले दिइरहेका छन्।
डेर्नाको तटीय क्षेत्रमा बाढीले दुईवटा बाँध र चारवटा पुलहरु भत्काएको छ । त्यसपछि बस्तीमा बाढी पसेर क्षति पुगेको बीबीसीले छ ।
बाढीले सबैभन्दा बढी क्षति डेर्ना शहरमा पुगेको हो। त्यहाँ फेला परेका लाशहरुलाई मेसिनको सहायताले ठूलो खाल्डो खनेर एकै ठाउँ गाडिएको छ । बोरा र कम्बलहरुमा बेरिएका शवहरुलाई सामूहिक चिहानमा समाधिस्थ गरिएको हृदयविदारक दृष्य देखिएको बीबीसीले जनाएको छ ।
जनजीवन अस्तव्यस्त भएका कारण क्षतिको विवरण संकलन गर्नसमेत उद्धारकर्तालाई हम्मेहम्मे परेको बीबीसीले जनाएको छ । विवरण संकलनको काम जारी रहेकाले बाढीमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।