महालक्ष्मी नगरपालिका स्तरीय विज्ञान प्रदर्शनीमा २६ विद्यालय सहभागी

२०८० को अवसरमा नगरस्तरीय मावि तहको विज्ञान प्रदर्शनी भएको छ । प्रदर्शनी महालक्ष्मी नगरपालिकाको आयोजनामा
भएको हो । विज्ञान प्रदर्शनी श्री डनबस्को मावि, महालक्ष्मी ६, सिद्धिपुरमा बुधबार सम्पन्न भएको हो । २६ वटा माध्यमिक विद्यालयले भाग लिएको उक्त प्रदर्शनीको नगरप्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जन, वडाअध्यक्षहरू, शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख, शिक्षा समितिका पदाधिकारीहरू, प्र.अ. शिक्षक तथा विद्यार्थीहरूले अवलोकन गरेका थिए । कार्यक्रमको मूल्याङ्कनको लागि कारखाना समूहले सहयोग गरेकोमा उक्त मूल्याङ्कनमा वेष्टविङ्ग मा वि, लुभु, प्रथम, महेन्द्रग्राम मावि, टिकाथली द्वितीय, लुभु मावि, लुभु तृतीय र विश्वामित्र गणेश मावि, ज्यागटाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजयी विद्यालय, विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो ।

सहभागी विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको पुरस्कार वितरण कार्यक्रममा नगरप्रमुख श्री हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरपालिकाले विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप लाई प्राथमिकतामा राख्दै आएको छ त्यसको लागि नगरपालिका लगानी गर्न तयार रहेको बताउँदै सबै सहभागी विद्यालयहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत श्री रुद्रलाल भुसाल, समाजिक समितिका संयोजक बाबुराजा महर्जन, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेल, शिक्षा समितिका सदस्य एवम् सिद्धिमंगल मा.वि.का प्रअ मिन बहादुर अछामीले बधाइ तथा शुभकामना गरे ।
कार्यक्रमको सञ्चालिका शिक्षा शाखा अधिकृत श्री सुनिता योङहाङ बनेकी थिइन् ।