अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने कार्यमा संलग्न तीन जनालाई कलंकी क्षेत्रबाट नियन्त्रण

काठमाडौं महानगरपालिकाद्वा अनधिकृत रुपमा प्रचार सामग्री टाँस्ने तीन जनालाई जरिवाना तिराइएको छ । अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने कार्यमा संलग्न तीन जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले प्रशासनिक जरिवाना तिराएको हो ।जरिवाना तिर्नेहरुमा रमेश खत्री, माधव पन्त र गणेश आचार्य थिए

नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईँ र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरुलाई पर्चामा रहेको फोनमा सम्पर्क गरी पक्राउ गरेको थियो । महानगरले सडक वा सडकका भित्ता, विजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरुमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ ।

गणेश आचार्य एस.वी. जब. सर्भिस लिङ्कसँग आवद्ध छन् । यो कम्पनीले मिति नराखी रिसेप्सनिष्ट, क्लिनर, सेक्युरिटी गार्ड, शिक्षक, ड्राइभर, वाइक होल्डर, हाउस किपिङ्जस्ता १६ शीर्षकका पदमा कर्मचारी अर्जेन्ट लेखेर पर्चा निकालेको छ ।

तलब कम्तीमा १० हजार बढीमा १६ हजारसम्म राखेको छ । कर्मचारी मागको संख्या कम्तीमा ५ जना र धेरैमा २० जनासम्म लेखेको छ । अन्तरवार्ता नहुने, शतप्रतिशत काम हुने पर्चामा उल्लेख छ । काम कसले दिने हो ? कम्पनी कस्तो हो ? त्यसको विवरण खुलाइएको छैन ।

सामाजिक सञ्जालमा रहेका विभिन्न एप्स र पेजबाट पनि आजभोलि सर्वसाधारण ठगिएको गुनासो आउन थालेको छ।जबलिङ् सेन्टरको नाममा रकम अशुल्ने तर जागिर नलगाउने परिपाटी बढदो छ । जागिर नपाउन्जेल जागिर चाहियो भनेर त्यस्ता सेन्टर धाई रहने र पाएपछि किन कमिसन किन दिने भन्ने केहीको प्रवृतिगत कमजोरी नै रहेकाले जबलिङ सेन्टरले कामदार फेरिरहने गर्दछ । त्यही भएर पनि पहिले नै कमिसन दिएर जागिर खाने परिपाटी बलियो छ ।