काठमाडौँ महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयमा कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ। महानगरपालिकाले प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याएर खाजाको व्यवस्था गर्ने भएको हो ।
देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट सघीय सरकारले विनियोजन गर्दै आएकाे छ। सरकारले दिने गरेको रकममा शतप्रतिशत रकम थप गरी काठमाडौं महानगरले कक्षा १० सम्मकै विद्यार्थीका लागि दिवा खाजा दिने व्यवस्था गरेको जनाइएको छ ।
यही महिनादेखि नै कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गर्न सामुदायिक विद्यालयलाई महानगरले अनुरोध समेत गरेको छ।