प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै एमालेले सरकारसँग त्यस्तो माग गरेको हो ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोली बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन एमालेले आग्रह गरेको हो ।
तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष बर्तौलाले आग्रह गरे । उनले सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्नुपर्छ भन्दै उनले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्तक्षेप्रति ध्यानाकर्षण पनि गराए ।
बर्तौलाले सरकारले छिटोभन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्तामा आउन र समस्याको निकास खोज्नुपर्ने बताएका छन् ।
सचेतक बर्तौलाले जवाफमा शिक्षामन्त्री राईले शिक्षकका माग सम्बोधनका लागि सकारात्मक ढंगले पहल गरिरहेको बताएका छन् ।