आदिवासी जनजातिका नेताहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने

अखिल नेपाल आदिवासी जनजाति महासंघका नेताहरुले आगामी दिनहरुमा नेतृत्वले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा भएको एक कार्यक्रमलाई जनजाति आन्दोनलका नेता गोपाल किराती र अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठले सो औल्याएका हुन्। फुर्नाम्गेल मोक्तानले संचालन गरेको सो कार्यक्रममा अन्य उपस्थितमा नेतागण थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध जवस मोर्चाका नेताहरूको पनि बाक्लो उपस्थिति थियो । सो कार्यक्रममा विभिन्न जातीय पहिचान झल्कने झाँकी, गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन मोहन वैद्यले गरे भने पदम लिम्बूले स्वागत मन्तव्य राखेका थिए ।