काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा मम पसल खोलिएका छन् ।मनको लोकप्रियता बढ्दै पनि गएको छ। विशेष खाजाको रुपमा यो बढी प्रयोग हुन्छ ।भेज ममको लागि बन्दा प्याजको प्रयोग हुन्छ भने बफ मनको लागि रागाको मासु र प्याजको प्रयोग हुन्छ । त्यसो त १ केजी राँगाको मासुबाट ११ देखि १७ प्लेट सम्म मम तयार हुन्छ ।मासुमा बोसो रहित ममको लागि रातो मासु चाहिन्छ भने साधारण ममको लागि आन्द्राभुँडी बोसो र कटपिसहरुबाट तयार गरिन्छ । खानमा स्वादिष्ट मम करङसँगै टाँसिएको सेतो र रातो मासुबाट पेलिएको किमाको हुन्छ ।बोसो रहित मासु आफैले छानेर किमा पेलि घरमा ल्याएर आफैले हाइजेनिक मम तयार पनि गर्न सकिन्छ ।नत्रभने,प्रतिकेजी २ सय देखि ५ सय रुपैयाँ पर्ने मासुको किमा बजारमा चलेको देखिन्छ । मम बनाउन चाहिने सामग्रीहरुमा किमा,मसला र पिठो हो ।पिठोमा इष्ट हाल्यो भने मम ठुलो ठुलो देखिन्मछ त्मयसैले भरसक सादा सेतो मैदा प्रयोग गर्दा मम राम्रो बन्छ ।मम डल्लो मम र सी मम अहिले बजारमा चलेका छन् । मम बाफले पाक्ने हुनाले भरसक मम पकाउने भाँडा ठुलो नै हुनुपर्छ ।सानो भाडामा पकाएको भन्दा ठुलो भाडामा पानी उमालेर मज्जाले पकाएको मम स्वादिष्ट हुन्छ ।मम छिटोमा ४ देखि ६ मिनेटमा पाक्छ । ममको स्वाद मिठो हुने वा नहुने अचारमा भर पर्छ । अचारको लागि गोलभेंडा,तिल वा भटमासको पिठो आवश्यक हुन्छ ।बदामको पिठो अलि महङ्गो पर्ने हुनाले भटमासको प्रयोग हुन्छ ।अमिलो धुलो पनि आवश्यक हुन्छ ।ती सबैलाई मिलाएर अचार पिस्ने मेसिनमा पिस्नु पर्छ । कतिपयले गोलभेडामा अलिकति मिक्स राखेर पनि अचार बनाउने गर्छन। अचार २,३ दिन सम्म पनि खान मिल्छ तर मम भने बनाएकै दिनको स्वादिलो हुन्छ ।अचार र ममको किमा बासी राख्दा फ्रिजमा राख्नुपर्छ ।अज अचारमा नुन राख्नु चाहिं हुँदैन् ।
अन्तत:हजुरहरुलाई यो टिप्स कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला ।