न्युनतम पारिश्रामिक नदिने, श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा नदिएको भन्दै सूचना तथा प्रसारण विभाग घेराउ

नेपाल पत्रकार महासंघले शुक्रबार सूचना तथा प्रसारण विभाग घेराउ गर्ने भएको छ ।

विभिन्न संचार गृहले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, न्युनतम पारिश्रामिक नदिने, श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधाबाट वञ्चित गर्ने र काम गर्ने वातावरण नदिनेजस्ता कार्यको विरुद्ध आन्दोलन घोषणा गरेको महासंघले प्रेस रजिष्ट्रारको भूमिका प्रभावकारी नदेखिएकाले सूचना तथा प्रसारण विभाग घेराउ गर्न लागेको महासंघले जनाएको छ ।

सो अवसरमा प्रेस रजिष्ट्रारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको जनाइएको छ ।
साभार झिल्को अनलाइन