महालक्ष्मी नगरपालिका ४ शिखरटोलमा नगद र विभिन्न गरगहना चोरी

ललितपुरको इमाडोलमा चोरी भएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ४ शिखरटोल बस्ने मन्दिरा भट्टराईको घरबाट नगद र विभिन्न गरगहना लगायतका सामान गरी करिब ३ लाख २२ हजार ५ सय रूपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ललितखबरले समाचार छापेको छ ।