सरकारले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेकाे छ।
उक्त विधेयक पारित गरेर संसदमा पठाउने स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।संघीय शिक्षा ऐनलाई संसदमा पठाउन सरकारले स्वीकृति दिएसँगै लामाे समयदेखि आउन नसकेकाे ऐन जारी हुने बाटाे खुलेकाे हाे।
संघीय शिक्षा ऐनमा परिवर्तनकाे माग गर्दै सराेकारवालाले आवाज उठाउँदै आएका छन्।