७ बैशाख २०८० काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवत्ता धमेन्द्र बास्तोलाले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा खस्काएको बताएका छन् ।
क्रान्तिकारी कम्यूनिष्ट पार्टीले गरेको अन्तक्रियामा प्रवक्ता बास्तोलाले देशको नागरिकलाई अन्य देशमा शरणार्थी बनाएर निर्यात गर्ने जस्तो नीच कामले अन्तराष्ट्रिय जगतमा नेपालको मान सम्मान खस्काएको बताए ।
उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तराष्ट्रिय जगतमा नेपालको मान सम्मान खस्काएको छ । यस धन्दामा सरकारका मन्त्री नै संलग्न रहेको देखियो । आफ्ना नागरिकलाई शरणार्थी बनाएर अर्को मुलुकमा निर्यात गर्ने नीच धन्दामा हाम्रा नेताहरु संलग्न भएको देखियो । यस्ता नीच हर्कतले नेपालको अन्तराष्ट्रिय छवि धुमिल बनाइदियो ।’
प्रवक्ता बास्तोलाले यस्ता धन्दा विगतदेखि नै हुँदै आएको र शासकले शक्तिको दुरुपयोग गरि दवाएर राखेका कारण सार्वजनिक नभएको बताए ।
उनले भने,‘नेताहरुका नीज हर्कतले देश बदनाम भयो । यी धन्दा बिगतदेखि नै चल्दै आएका थिए । लामो समयसम्म यसलाई गुपचुप राखियो । यसबाट पुष्टि हुन्छ की यस्ता घटना शासक वर्गले दवाएर राख्ने गर्छन् । यो अक्ष्यम्म अपराध हो ।’यो समाचार समखबरमा प्रकाशित छ ।