प्रधानमन्त्री पुष्पकमल दाहालको भदौ ३० मा अमेरिका भ्रमण

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युर्योक भ्रमण जान लागेका छन् ।

अनावश्यक भ्रमण नगर्ने र अनावश्यक व्यक्तिलाई भ्रमण दलमा सहभागी नगराउने नीतिअनुसार संख्या घटाएर प्रधानमन्त्री भ्रमण जान लागेका हुन ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रचण्ड असोज ५ गते न्युयोर्कबाट चीन प्रस्थान गर्नेछन् ।