संस्थागत/निजी/ बोर्डिङ भनेर चिनिने विद्यालयले शिक्षक शिक्षिकालाई मनपरि काममा राख्ने र निकाल्ने थाले


७ जेठ २०८० ललितपुर । एजुकेशन हब्सको रुपमा रहेको ललितपुर जिल्लामा अधिकांश शिक्षक शिक्षिकाहरु काम गर्ने संस्थागत/निजी/ बोर्डिङ भनेर चिनिने विद्यालयले शिक्षक शिक्षिकालाई मनपरि काममा राख्ने र निकाल्ने गरेका छन् । नियुक्ति पत्र नदिने,शिक्षक शिक्षिकाहरुलाई काममा लगाएको १८०/२४० दिन पुगेपनि स्थायी नगर्ने,संचय,बोनस, खाजा खर्च, गाडीभाडा, कोठाभाडा, पोशाक, परिचयपत्र आदि कुनै सुविधा नदिइ विद्यालय संचालकले काममा लगाउने र निकाल्ने गरेका हुन् ।गुठी वा कम्पनीको नाममा दर्ता भएको भन्दै विद्यालय संचालकले नगर र जिल्लामा वर्षैपिच्छे कार्यरत शिक्षक शिक्षिकाहरुको झुटो विवरण इआइएमएस(EIMS)पठाउने गरेका छन् । महालक्ष्मी नगरपालिका ललितपुरकी शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल भन्छन्: नियुक्ति पत्र नदिने भन्दानी नलिनेको कमजोरी हो ।

नियुक्ति पत्र नदिए कामै नगर्ने नी ललितपुरमै बोर्डिङ स्कूल चलाइरहेकी एक प्रधानाध्यापक(बैरी नाम परिवर्तन)ले बताइन् ।०७९ सालमा एसईई दिने विद्यार्थी संख्या करीब ९ हजार ९ सय जना जति छन् । ती मध्ये संस्थागत बोर्डिङमा ४ हजार २ सय जति विद्यार्थीले छन् ।प्रति विद्यार्थी ५ हजार माथि महिनामा शुल्क असुल्ने तर शिक्षक शिक्षिकाहरुको समस्याबारे न प्याब्सन वा एन प्याब्सनले नै चासो दिन्छ । त्यसो त संस्थागत शिक्षक युनियन (इष्टु) हरेक शिक्षक शिक्षिका र कर्मचारीहरुको हकहित संरक्षण केन्द्र नभएको होइन् ।त्यसमा आवद्ध शिक्षक शिक्षिका कुनै राजनीतिक दलहरुको झोले नबनेकाले होला विद्यालय संचालकले उनीहरुलाई नटेर्ने गर्दछन् । करीब २ लाख माथि भर्ना शुल्क अशुल्ने र महिनाको ७० हजार रुपैयाँ विद्यार्थीसँग शुल्क अशुल्ने प्रिमियर बोर्डिङ स्कुलले पनि शिक्षकलाई नियुक्ति पत्र नदिने गरेको पाइएको छ । नियुक्ति पत्र दिनेमा एल ए,आइजे,एभिएम,रोजबर्ड, ग्यालेक्सी आदि रहेका छन् । मसिना स्कुलका प्रिन्सिपलहरु प्रायः शिक्षक शिक्षिकाहरुलाई समयमा तलब नदिने र मिटरब्याजी बन्ने गरेका छन् ।

ललितपुरको कोपिला स्कुलका संचालक रत्न महर्जन बर्षेनी शिक्षक फेर्छन् र तलब नदिइ शिक्षक शिक्षिका निकाल्ने गर्छन्।उनी मिटर ब्याजी र जग्गा दलालमा संलग्न छन् । उनको विद्यालय कार्यरत कुनै शिक्षक शिक्षिकाले नियुक्त पत्र पाएका छैनन् ।नाम नभन्ने शर्तमा (गोरी म्याम नाम परिवर्तन)एक शिक्षिकाले न्युनिकरण डटकम अनलाइनलाई जानकारी दिनुभयो ।