क्षितिज बोर्डिङ स्कुलमा विज्ञान प्रदर्शनी भव्य र सभ्य रुपमा सम्पन्न

ललितपुरको हरिसिद्धिमा रहेको क्षितिज अंग्रेजी आवासीय माध्यमिक विद्यालयले शुक्रबार विज्ञान प्रदर्शनी आयोजना सम्पन्न गरेको छ । करीब ७ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा विद्यार्थीद्वारा निर्मित आफ्नो कलाकौशल प्रदर्शनी स्टल राखी प्रदर्शनी आयोजना सम्पन्न गरिएको हो ।

पढाइका साथै व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरि राख्ने क्षितिज स्कुलले यस पटक शुक्रबार पारेर विज्ञान प्रदर्शनी आयोजना गरेको हो । प्रधानाध्यापक भुवन महर्जनले यसपालि(०८१)को एसईई परीक्षामा एरिया टप गर्न सफल आफ्नो स्कुलमा अध्ययनरत विद्यार्थीभाइबहिनीहरुले स्कुलको महिमा पनि बढाइरहेको बताउनुभयो। गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको क्षितिज बोर्डिङ स्कुलमा प्रिमियर, पाठशाला लगायत विद्यालयका विद्यार्थीहरुले पनि प्रि क्वालिफाइङ परीक्षा सेन्टर रहेको क्षितिज स्कुल प्राङगणबाट परीक्षा दिइसकेका छन् ।

विज्ञान प्रदर्शनी भव्य र सभ्य रुपमा सम्पन्न भएको लेखा शाखामा कार्यरत अधिकृत समिर महर्जनले जानकारी दिनुभयो ।

विद्यालयमा सीमित कोटामा बर्षेनि भर्ना खुल्ने गरेको पनि उहाँले बताउनुभयो ।दक्ष शिक्षक शिक्षिकाले अध्यापन गराउने एरियाकै एकमात्र नमुना विद्यालयको रुपमा क्षितिज बोर्डिङ बन्दै गएकाले पनि अभिभावकको रोजाइमा परेको गणित शिक्षक बाबुकाजी श्रेष्ठले बताउनुभयो ।