सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा पदमबहादुर आले मगर निर्वाचित भएका छन् ।एशोसियसनको शनिबार सम्पन्न ३१औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट पदमबहादुर आले मगर निर्वाचित भएका हुन् ।उनी १५६ मतका साथ अध्यक्ष पदमा विजयी भए भने प्रत्यासी उम्मेदवार ठाकुर प्रसाद पौडेलले १३८ मतमात्र प्राप्त गरेका थिए ।एशोसियसनको प्रथम उपाध्यक्षमा प्रेम बहादुर थापा मगर,उपाध्यक्षमा सुनिल तामाङ निर्वाचित भए ।महासचिवमा राजकुमार लामा निर्वाचित बनेका छन् । त्यसैगरी सचिवमा रामकृष्ण थापा (निर्बिरोध निर्वाचित) कोषाध्यक्षमा लक्ष्मण तामाङ विजयी भएका छन् । कार्यसमिति सदस्यमा क्रमशः पदम बहादुर मगर, इन्द्र बहादुर अर्याल ,श्रीराज केसी अकबर स्याङतान (कुमार लामा), राज बहादुर थापा , जित मोक्तान, सरोज कुमार लामा ,कमल प्रसाद श्रेष्ठ , ओम शंकर महर्जन निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पदम आले मगरले नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन र पाककलालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउँदै नेपालको सांस्कृतिक कूटनीतिमा समेत टेवा पुर्याउने दीर्घकालीन योजना अघि बढाउने बताएका छन्।
एशोसियसन अध्यक्ष रेशम कुमार लामा तामाङले नवनिर्वाचित अध्यक्ष पदमबहादुर आले मगर तथा पदाधिकारी साथै सदस्यहरुलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउने तय भएको छ ।
नेपाल तथा विदेशका तारे होटल तथा रेष्टुराँमा कार्यरत नेपाली सेफ्सहरूको हक, हित र अधिकारको रक्षाका लागि वि.सं २०५३ मा स्थापना भएको एशोसिएसनमा हाल एक हजार पाँच सयभन्दा बढी सदस्य आवद्ध छन् ।
