दार्चुलाको व्याँस गाउँपालिका– १ बोलिनमा हिम पहिरो

१९ बैशाख २०८० दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका– १ बोलिनमा हिम पहिरो गएको छ । मंगलबार अपराह्न गएको हिमपहिरोमा स्थानीयहरू पुरिएको आशंकामा उद्धारका लागि प्रहरी टोली खटिएको छ ।यार्सागुम्बा टिप्न गएकाहरू पुरिएको सूचनाका आधारमा छाङरुस्थित सशस्त्र प्रहरीको गुल्मबाट ३० जना उद्धारका लागि खटिएका हुन् । यार्सागुम्बा टिप्न गएकाहरू बसेको त्रिपाल बगाएको र त्यसमा कति जना थिए भन्ने खुल्न सकेको छैन । बोलिनमा यार्सागुम्बा टिप्न गएका ८÷९ जना त्रिपाल टाँगेर बसेका थिए ।