लकडाउन बैशाख ३ सम्म लम्बियो,संक्रमित संख्या ९ पुगे


सोमबार दिउँसो चार बजेतिर बसेको मन्त्री परिषद्को बैठ्कले पुनः तेश्रो पटक लकडाउनको अवधि लम्ब्याएको छ।गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले लकडाउनको अवधि एक हप्ता लम्बिन सक्ने अग्रिम जानकारी राससलाई गराएका थिए।सरकारले गत चैत ११ गते मंगलबार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो पटक सुरु गरेको थियो।चैत १६ गते बसेको मन्त्री परिषद्को बैठ्कले पुन:१८ गते सकिन लागेको लकडाउन अवधिलाई ७ दिनसम्म निरन्तरता दिने
दोस्रो निर्णय गरेको थियो।चैत २२ गते मन्त्रीपरिषद्को आन्तरिक बैठ्कले केन्द्रको नीति तथा कार्यक्रम प्रदेश, नगर,गाउँपालिका अनि वडा तहसम्म कार्यान्वयन गराउनेबारे छलफल गरेको थियो।सोमबार दिउँसो ४बजे तिर बसेको मन्त्रीपरिषद्को बैठकले भाइरस संक्रमण दोस्रो चरणमा बिस्तार भइरहेकाले बैशाख ३ गते सम्म कडाउन अवधि लम्बाउने निर्णय प्रस्ताव पारित गरेसँगै लकडाउनको तेस्रो चरण सुरु भएको हो ।यस अवधिसम्म आइपुग्दा नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ पुगेको छ।

newskiran.com

newskiran.com

You May Also Like