रुपेश सरार्फको हत्यारालाई कारबाहीको माग गर्दै कलैयाको भरतचौकमा प्रदर्शन गरेका छन्। साँझ कलैयाका स्थानीय, राजनीतिक दल लगायतले दोषीलाई कारबाहीको माग गर्दैै टायर बालेर प्रदर्शन गरेका हुन्।
कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सन्चालक तथा प्रधानाध्यापक ’गुड्डु’ भनिने रुपेश सर्राफको हत्या अभियोगमा साेही स्कुलमा अध्यापन गराउने एक पूर्व शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।घटना भएको तीन घटना नबित्दै बारा प्रहरीले पूर्व शिक्षिकालाई कलैया बजारबाट उनलाई पक्राउ गरेको हो। प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन्। प्रहरी स्रोतले बताएअनुसार पक्राउ परेकी ती महिला पहिला सोही स्कुलमा पढाउने गरेकी र सरार्फसँग नजिकको सम्बन्ध रहेको वा हुन सक्ने अनुमान पनि गरिएको छ ।
पक्राउ परेकी उक्त महिलाको सरार्फको हत्यामा ठुलो हात रहेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।
सोमबार दिउँसो सरार्फ माथि गोली प्रहार भएपछि कलैया बजार, भारतसँग सिमाना जोडिएका नाकाहरुमा कडा सुरक्षा व्यवस्था गरिएको छ । पक्राउ परेकी महिलासँगको बयान पछि हत्या गरिनुको कारणहरु पत्ता लाग्ने सक्ने जानकारीमा आएको छ ।
बाराका प्रहरी उपरीक्षक काफ्लेका अनुसार सरार्फमाथि सोमबार दिउँसो करिब पौने १ बजेको समयमा मदार्श टोलमा गोली प्रहार भएको थियो।
बाल एकता बोर्डिङ स्कुलबाट सरार्फ खाजा किन्न कलैया बजारमा रहेको अन्पुर्ण भेजिटेरियल होटलबाट गएका र होटलबाट फर्कँदै गर्दा उनीमाथि दुई वटा मोटरसाइकलमा आएका भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार चार जनाको समूहले गोली प्रहार भएको थियो ।
छातीमा गोली लागेर घाइते भएका सरार्फलाई सुरुमा कलैया प्रादेशिक अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि वीरगन्ज स्थित वयोधा अस्पतालमा पुर्याइएको थियो। उनलाई बयोधा अस्पतालका चिकित्सकले मृत घोषण गरेका थिए । उनको हत्यासँगै धिरेधिरे रुपमा संचालित बोर्डिङ स्कुलका प्रिन्सिपलहरुमा त्रासद थपेको छ । ललितपुरका एक बोर्डिङ संचालकले भने अब हाम्रो सुरक्षा भएन् ।
त्यसो त नियुक्ति पत्र विनै थोरै तलबमा काममा लगाएर शिक्षक शिक्षिकाहरुको श्रमशोषण गरिएको भन्दै यस अघि बोर्डिङ स्कुलका लगानी कर्ता प्रिन्सिपलहरुको फाट्टफुट्ट बिरोधको स्वर भने नशएको होइन् । कतिपय बोर्डिङ स्कुलका प्रिन्सिपलहरुले संगठनको बलमा र राजनीतिक पार्टीको नाम बेचेरै चर्को शुल्क लिइ अवैध आम्दानी गरेको आरोप लाग्ने गरेको छ । सबै विद्यालयलाई एकैमेसोमा राखेर हेर्न भने मिल्दैन् । सरकारी स्कुलमा भन्दा राम्रा सेवासुविधा पनि दिइएको काठमाडौँका एक बोर्डिङ स्कुलका शिक्षकले बताए ।