अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका बाराका एक प्रधानाध्यापकको मृत्यु

काठमाडौं । गोली प्रहारबाट गम्भीर घाइते भएका बाराका प्रधानाध्यापक रुपेश सर्राफको मृत्यु भएको छ ।

बाराका सिडिओ नवराज सापकोटाले गोली लागेर घाइते भएका प्रधानाध्यापक सर्राफको मृत्यु भएको पुष्टि गरे ।

करिब १ घण्टा अगाडी अज्ञात समूहले गोली प्रहार गर्दा गम्भीर घााइते भएका स्वर्णकारको बीरगञ्जको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

गोली चलाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।