अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न घिमिरे पक्राउ

गोदावरी ७ देविचौरका एक युवक रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
ललितपुर गोदावरी नगरपालिका ७ घर भई हाल काठमाडौँ गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरे ठगी आरोपमा लाई पक्राउ परेका हुन् । उनी पक्राउ परेको जानकारी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले दिएका छन् ।
अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा घिमिरे संलग्न रहेको अभियोग लगाइएको छ ।

घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्ने गरेकामा सामाजिक सञ्जाल इन्स्ट्राग्राममा झुट्टा रिसिप्ट पठाई पीडितलाई झुक्यानमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको पाइएको छ ।

ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।