इन्द्र तामाङको नयाँ लोकदोहोरी गीत गयो जिवन ढुंगा र माटोमा, हेर्नुहोस् भिडियो सहित

चौतारीमा पिपल र वर को अपार सफलता पछि इन्द्र तामाङको नयाँ लोकदोहोरी गीत गयो जिवन ढुंगा र माटोमा बजारमा सार्वजनिक भएको छ । दिनको हजार भ्यूज क्रस गर्दै युट्युबमा दर्शक बटुलिरहेको नयाँ लोकदोहोरी गीतमा चर्चित गायिका अर्चना स्याङतान र इन्द्र तामाङको स्वर रहेको छ ।

विष्णु तामाङको एरेन्ज रहेको सो गीतलाई रोयल मुभिज मार्फत हालै बजारमा सार्बजनिक गरिएको हो ।डोजर चालकले भोग्नु परेका समस्यालाई जस्ताको तस्तै उतारेर ल्याउने प्रयास गरेका गायक इन्द्र तामाङले न्युजकिरण अनलाइन खबरसँग भने,’यो गयो जिवन ढुंगा र माटोमा सवारी चालकहरुले बिहान घरछोडेपछि बेलुका घर नपुगुन्जेल सम्म भोग्नु पर्ने समस्याबारेको वास्तविक कथा व्यथाको अभिनयात्मक प्रस्तुति हो ।
एकपटक सबैले हेरेर सुझाव दिन हुन अनुरोध गर्दछु।’त्यसो त ड्राइभरहरु बिहान उठेदेखि दिनभर भोको पेट राखेर पनि गाडी चलाउन बाध्य हुन्छन् । घरपरिवार छाडेर कुनै जंगलको कुनामा गएर बाटो खन्दा विभिन्न बाधा अबरोध,बर्खा-झरी अनि घरपरिवारको सम्झना आदि सबै कुराहरुले क्षण-क्षणमा ड्राइभरको मनलाई डिस्टर्ब बनाइरहन्छ ।जे होस् स्वदेशमै केही गरेर खानुपर्छ। युवाहरुलाई केही गर्ने वातावरण बनाइदिनु सरकारको दायित्व हो भन्ने भाव यस गीतको रहेको छ । यस भिडियोमा अभिनय इन्द्र तामाङ र स्वस्तिका ओझाको छ भने निर्देशन निरेन श्रेष्ठले गरेका छन । भिडियो यस्तो छ;