२३ बैशाख २०८० काठमाडौं । डोटीमा शुक्रबार राति दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको खाना बेला मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाका अनुसार राती खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि अस्पताल लैजाँदै गर्दा अस्पताल नपुग्दै बाटोमा मृत्यु भएको हो। मृतकका बारेमा थप अनुसार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक धमलाले जानकारी दिए।