गणेशमान सिंह हस्पिटलमा लापरबाही बढ्दो

नेपाली काङ्ग्रेसका त्यागी नेता स्व. गणेशमान सिंहको नामबाट स्थापित गणेश मान सिंह मेमोरियल अस्पतालमा लापरबाही बढेको जनगुनासो आउन थालेको छ । त्यहाँ कार्यरत डाक्टर ,नर्स र स्वास्थ्य कर्मीहरुलाई थोरै तलबमा काममा लगाउने र उपचारमा आएका बिरामीलाई राम्रोसँग उपचार नगरेको जन गुनासो आउन थालेको हो । प्रकाश मान सिंहको संरक्षकत्वमा संचालित सो हस्पिटलमा पूर्व गृहराज्यमन्त्री दिपक प्रकाश बास्कोटा अध्यक्ष अस्पतालको स्थापना देखि आज सम्म एकलौटी रुपमा रहदै आएका छन् । असल डाक्टर, नर्स ,र अन्य मेडिकल portion कार्यरत रहने मानिएको सो अस्पतालमा बिरामीका लागि भन्दा निहित स्वार्थका बेकामी हरुको दनदबा बढीरहेको त्यहाँ कार्यरत एक स्टाफले जानकारी दिए ।
हस्पिटलमा कार्यरत कर्मचारीलाई कर्मचारीको व्यवहार गरिन्न ।दशै ,तिहार या अन्य चाड पर्व आउन लागि पछि पुराना कर्मचारी लाई अनेक बहानामा निकाल्ने र नयाँलाई आएको कतिभयो ?भन्दै पेस्की नदिने तलब भत्ता एउटा् कुल्लीको जति पनि नदिइ लुट मच्चाउने गरिएको उनले बताए । अप्रेसन गर्ने थियटर जस्तो सम्वेदनशील ठाउमा भैरब नाथ बटालियनका रिटायड आर्मीलाई (नन मेडिकल पर्शन उस्लाई) असिस्टेन्ट राखेर बिरामीको अप्रेसन गर्ने जस्ता अनियमित कार्यहरु पनि हस्पिटलमा हुँदै आएको उनको गुनासो छ ।असम्भावित कार्य पनि पैसाका लागि गरिन्छ यहाँ । स्वास्थ विधायिकामा बसेर त्यहाँका सम्पूर्ण हालीमुहाली प्रयोग गरी स्वयम् अहम भइ बस्ने सर्जन डाक्टर रमेश खड्कालाई थाहा हुनु पर्ने ? उनले जानकारी दिए ।
डाक्टर खड्काले आफ्नो श्रीमतीलाई नर्सिङ इन्चार्ज भन्ने दर्जा दर्ज गरेर जागिरे बनाएका छ्न् । जुन सुकै बिरामीको अन्डर कमान्ड पनि उनी नै हेर्छिन्। मेडिसिनका बिरामीको राउन्ड सर्जनले हेर्ने र बिरामीसंग अनावश्यक पैसा असुल्ने जस्ता अमर्यादित कार्य पनि तिनीबाट हुने गरेको सो हस्पिटलमा काम गर्ने डा अधिकृत \ र मेडिकल स्टाफहरुको गुनासो आउन थालेको छ ।नाम नभन्ने सर्तमा ती स्टाफले दिएको जानकारीअनुसार विगतमा पनि हस्पिटलमा उपचारमा अत्यधिक लापरबाही हुने गरेको थियो ।