सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१३ बैशाख २०८० काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ७ सय, तेजावी सुनको मूल्य १ लाख ९ हजार २ सय र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।