प्रहरीले काठमाडौंमा ४० वर्षीय एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मनाङको नार्फु गाउँपालिका–३ ठेगाना भएका ४० वर्षीय फुञ्जोवाङ्दी लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सर्वोच्च अदालतको २०७५ पुस १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ ।