दशैं अघि खुलेन बिपी राजमार्ग, यस्तो छ अस्थायी सडकको अवस्था

मिति २०८१-०६-११ र १२ गतेमा आएको अबिरल बर्षाको कारण क्षतिग्रस्त BP Rajmarg को नेपाल थोकदेखि धुलिखेल खण्ड अस्थायी रुपमा आजबाट खुलाइएको जानकारी गराइन्छ। तथापी मंगलटार देखि बर्खे खोला खण्डको पिप्ले ठाउँ चेनेज ११६+९०० मा Contineous rock falling भै रहेकोले बिशेष सुरक्षालाइ ध्यानमा राखी बेलुका या रातिको समयमा यात्रा गर्नुपर्ने भएमा मंगलटार प्रहरी कार्यालय (सम्पर्क न ९८५१२८३९२८,९८५१२८५४१०) मा सम्पर्क गरि यात्रा गर्नुहुन सबैमा जानकारी गराइन्छ ।