ललितपुर जिल्ला प्याब्सन अध्यक्ष विहीन बनेको छ । प्याब्सन महालक्ष्मी नगर अध्यक्ष केके मल्लका अनुसार ललितपुर जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष तारा प्रसाद खनालले कार्यवाहक अध्यक्षको जिम्मेवारी नलिँदा प्याब्सन अध्यक्ष विहीन बनेको हो ।हालै ललितपुर प्याब्सनका सचिव सुन्दर कुमार श्रेष्ठको अध्यक्षतामा जिल्लाको बैठक बसेको मल्लले बताए । ललितपुर महानगरमा हिरा महर्जन,गोदावरी नगरमा कृष्णहरी महर्जन तथा महालक्ष्मी नगरमा के के मल्ल हाल संयोजक/अध्यक्ष छन् । अनलज्योती स्कुलका संस्थापक तथा जिल्ला अध्यक्ष निरोज महर्जन परदेशीय पछि कार्यवाहकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तारा प्रसाद खनालले लिइहाल्नु पर्ने अवस्था छ । हाल जिल्लाको सम्पूर्ण कामकारवाही सचिवको हातमा सर्दा उपाध्यक्षको काम नभएको जस्तो देखियो । मंसिर पुषमा जिल्ला अधिवेशन हुन लागेकाले आफू एक भोट आए पनि जिल्ला अध्यक्षमा उम्मेदवारी दिने निवर्तमान उपाध्यक्ष विष्णु बस्नेत र के के मल्ल पनि जिल्ला अध्यक्षमा उम्मेदवारी दिने मनसाय बनाउँदै छन् । निवर्तमान जिल्ला प्याब्सन अध्यक्ष शिव कार्कीको प्रतिस्पर्धामा रत्न महर्जन थिए तर उनी कार्कीको बिजयीले पराजय बेहोर्नु परेको थियो । अहिले शिव कार्की र रत्न महर्जन केन्द्रीय समितिमा छन् । जिल्लामा अहिले तारा खनाल,सुन्दर श्रेष्ठ चन्द्र शेखर,जमुना महर्जन,विशाल एम्फू,शशी श्रेष्ठ,रविन शर्मा अहिलेका समितिबाट जिल्लामा परिचित रहेको प्याब्सन कार्यालय सचिव देव कृष्ण केसीले जानकारी दिए । कतिपय विद्यालयका प्रधानाध्यापकले भने लकडाउनमा आफ्नो विद्यालयमा प्याब्सनको खासै उल्लेख्य भूमिका नरहेकोमा रुष्ट छन् ।निजी विद्यालय तथा बोर्डिङ स्कूल संचालकहरुको छाता संगठन भनेर प्याबसनलाई मानिन्छ भने शिक्षक शिक्षिका र कर्मचारीहरुको छाता संगठन इष्टुले शिक्षक हकहितको पक्षमा काम गर्दै आएको छ । ललितपुर इष्टुका कार्यवाहक जिल्ला अध्यक्ष केशव श्रेष्ठले जिल्लामा अहिले धेरै शिक्षक शिक्षिकाको बोर्डिङ विद्यालयले तलब कम दिएर तथा नियुक्ति पत्र नदिएर श्रमशोषण गरेको आरोप लगाएका छन् ।
सम्बन्धित समाचार
महालक्ष्मी नगरपालिकामा पानीको लागि पाइप बिछ्याउन कार्य सुरु,उप मेयरले गरिन उदघाटन
- Bishnu Ale
- २ मंसिर २०८०, शनिबार ११:२३
- 0
जग्गा प्लटिङसँगै ह्वात्तै विकास मार्गले छोएको र बेस्सरी घरहरु थुप्रिएको तर पानी अवस्थित महालक्ष्मी नगरपालिकामा […]
धनतेरस कथा पृष्ठभूमि
- Bishnu Ale
- १४ कार्तिक २०८१, बुधबार ०६:३६
- 0
धन्वन्तरी जयन्ती (धनतेरस) को कथा : मारकण्डेय पुराणमा एउटा कथा छ गालब ऋषिको । एकदिन […]
हाँस्यव्यङ्ग्यकार भेलुबाजेको बिहिबार निधन
- Bishnu Ale
- २१ बैशाख २०८१, शुक्रबार १९:४६
- 0
पछिल्लो समय सामाजिक सञ्जाल टिकटक र युट्युबमा भेलुबाजेका नामले भाइरल प्युठानका मीनबहादुर बुढाको बिहिबार दिउँसो […]