शुभकामना मावि प्राङ्गणमा शुक्रबार दादुरा खोप अभियान

ललितपुर महानगरपालिका अन्तरगत वडा नं ८ को आयोजनामा दादुरा खोप लगाइएको छ । शुक्रबार शुभकामना आवासीय मा वि भोलढोकामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइएको हो । शुक्रबार दिनभर खोप लगाइने भएकाले आफ्ना नानी बाबुलाई शुभकामना मावि स्कुलमा पठाउनु यसअघि नै उक्त क्षेत्रका बासिन्दालाई जानकारी गराइएको थियो ।भोलढोका क्षेत्रका सयौ नानीबाबुहरु दादुरा खोपबाट लाभान्वित हुने वडा कार्यालयले अपेक्षा गरेको छ । सरकारले देशैभर अहिले दादुरा खोप अभियान संचालन गरेको छ भने ललितपुरमहानगरपालिका र महालक्ष्मी,गोदावरी नगरपालिका तथा गाउँपालिकाहरुमा अहिले धमाधम निःशुल्क स्वास्थ्य सेवा स्वरुप खोप दिइ रहेको शुभकामना माविका प्रअ राजेन्द्र उप्रेतीले जानकारी दिए ।