माओवादी केन्द्रले गर्यो सबै प्रदेश इन्चार्जमा हेरफेर

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ । पार्टीस्रोतका अनुसार कोशीमा हरिबोल गजुरेललाई जिम्मेवारी दिइएको छ ।बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिइएको हो । प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई तोकेको छ । पार्टीस्रोतका अनुसार विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिइएको छ ।