ललितपुरको भोलढोकामा रहेको शुभकामना मावि स्कुलले भव्य अभिभावक दिवस मनाएको छ। विद्यालयले शनिबार ३७ औं अभिभावक दिवस कार्यक्रम सभ्य र भव्य तरिकाले मनाएको हो ।करीब ४ सय जति अभिभावक बोलाएर आफ्ना नानीबाबुहरुको प्रतिभा अवलोकन देखाएर विद्यालयले आफ्नै प्राङ्गणमा अभिभावक दिवस मनाएको लेखा शाखा प्रमुख शुभ बज्राचार्यले बताउनुभयो। प्रधानाध्यापक राजेन्द्र उप्रेतीबाट स्वागत मन्तव्य राखी सुरु गरिएको कार्यक्रमको सभाध्यक्ष शुभकामना माविका म्यानेजिङ डाइरेक्टर मनोज उप्रेती रहनुभएको थियो। कार्यक्रममा वडा नं -८ का वडाध्यक्ष विशिष्ट अतिथि थिए तर उनी उपस्थित रहेनन् । प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका प्रमुख निमप्रकास सिंह राठोर रहनुभएको थियो । उहाँले शिक्षा समाज अनुसारको बन्दै गएको र जनशक्ति विदेशीने गरेको वर्तमान परिस्थितिबारे चर्चा गर्नु भएको थियो । उहाँले अभिभावकको चाहना आफ्ना नानीबाबुहरुको भविष्य डाक्टर इन्जिनियर पाइलट बनाउने रहने गर्छ तर असल शिक्षक बनाउनुपर्छ भन्ने पनि अब हुनुपर्यो भन्नुभयो । अभिभावकको तर्फबाट कवि थापाले भनाइ राख्नु भएको थियो । कार्यक्रम भब्य र सभ्य रहेको शिक्षक बुद्ध कृष्ण चक्रधरले बताउनुभयो ।नानीबाबुहरुले आफ्नो कला आफ्नो अभिभावकलाई देखाएको शिक्षिका संगिता खडगीले बताउनुभयो । उक्त ३७औं वार्षिकोत्सव तथा अविभावक दिवसको पत्रकार तथा शुभकामना माविका नेपाली शिक्षक विष्णु आलेले कार्यक्रम संचालन गर्नुभएको थियो ।
सम्बन्धित समाचार
हाइ भ्यु बोर्डिङ स्कूल बुटिक स्कुल बन्दै, सीमित कोटामा नयाँ भर्ना (भिडियो सहित )
- Bishnu Ale
- २३ चैत्र २०८०, शुक्रबार १६:३०
- 0
ललितपुरको सानागाउँ नजिकै टिकाथलीमा रहेको हाइ भ्यु बोर्डिङ स्कूलले नयाँ भर्ना खुलाएको छ ।विद्यालयकी शिक्षिका […]
एसईईमा अब गणितमा पनि २५ नम्बरको आन्तरिक प्रयोगात्मक परीक्षा लिने व्यवस्था
- Bishnu Ale
- १३ श्रावण २०८०, शनिबार ०६:३१
- 0
माध्यमिक शिक्षा परीक्षा कक्षा दश (एसइई)को नतिजाको आलोचना भइरहेको अवस्थामै पास हुने दर बढाउन सरकारले […]
अब माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने
- Bishnu Ale
- ७ पुष २०८०, शनिबार १०:१८
- 0
यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने […]