उपत्यकामा जाडो बढेको भन्दै महालक्ष्मी नगरपालिका अन्तरगत वडान ं ५ को आयोजनामा न्यानो कपडा वितरण गरिएको छ ।गत शुक्रबार टिकाथलीको एक स्कुलमा जेष्ठ नागरिकलाई कार्यक्रम आयोजनानै गरेर न्यानो कपडा वितरण गरिएको हो । टिकाथलीमा रहेको हाइभ्यु स्कुलमा गरिएको जेष्ठ नागरिक सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर(प्रमुख )हरिगोबिन्द श्रेष्ठको उपस्थितमा न्यानो कपडा वितरण गरिएको थियो । करीब ३ सय जनालाई सम्मान तथा न्यानो कपडा वितरण गरिएको वडा नं ५ का कार्यालय सचिवले जानकारी दिएका छन् । अघिल्लो शुक्रबार सो सम्मान कार्यक्रममा अनुपस्थित रहेका जेष्ठ नागरिकका आफन्तलाई पुन: पछिल्लो शुक्रबार हाइभ्यु मावि स्कुल प्राङ्गणमै बोलाएर न्यानो कपडा वितरण गरिएको छ ।
हाइ भ्यु स्कुलमा गरियो जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
