१.नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको जिल्ला भेला कार्यक्रम हुने ।
स्थान :- सिमा पार्टी प्यालेस, बसुन्धारा ।
समय :- ७:३० बजे ।
२.सोमालियन शरणार्थीहरुले सोमालियामा भएको युद्धको कारण आफुहरु विस्थापित हुनु परेको र तत्काल सोमालिया फर्कने स्थिति नरहेकोले आफुहरुलाई UNHCR ले अन्य युरोपेली मुलुक लाई गरेकाे सहयोग साे सरह सोमालियाका नागरिक हरुलाई गाँस, बास, कपास काे ब्याबस्था गर्नु पर्ने माग राखि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान :- UNHCR को कार्यालय, महाराजगन्ज ।
समय :- ९:०० बजे ।
३.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५/०६/१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षति भएको र क्षतिपूर्ति पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान :- शान्तिवाटिका ।
समय :- १०:०० बजे ।
४.नेपाल मेडिकल कलेज अत्तरखेलमा MBBS पहिलो र दोस्रो बर्षमा अध्यनरत विद्यार्थीहरूले क्यान्टिनले खानामा चरम लाबार्बाही गरेको बिसयलाई लियर मौखिक सहमती भयता पनि कार्यन्वन नभयको भनि शान्तिपूर्ण धर्ना बस्ने ।
स्थान :- नेपाल मेडिकल कलेज, गोकर्णेश्वर नपा – ८, अत्तरखेल ।
समय :-१०:०० बजे ।
५.ललितपुर जिल्ला खेलकुद विकास समितिले उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन समारोह कार्यक्रम गर्ने ।
स्थान :- बुद्धि विकास मण्डल, लगनखेल, ललितपुर ।
समय :- १०:३० बजे ।
६.नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यतामा अखिल (क्रान्तिकारी) हिमालय कलेज अफ इन्जिनियरिङ क्याम्पस कमिटीको १६ औं क्याम्पस कमिटि सम्मेलन कार्यक्रम हुने ।
स्थान :- हिमालय कलेज अफ इन्जिनियरिङ, च्यासल, ललितपुर ।
समय :- १०:३० ।
७.स्वतन्त्र बिद्यार्थी युनियन बिश्वबिधालय क्याम्पसले परिक्षा नियन्त्रण कार्यलय रुपान्तरणका लागि परीक्षा नियन्त्रण कार्यलयलाइ प्रबिधी मैत्री बनाउनुपर्ने, शैक्षिक क्यालेन्डर लागु गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यलयको सेवा प्रबाहलाइ विकेन्द्रीकरण गर्नुपर्ने, राजनैतिक नियुक्ती बन्द गर्नुपर्ने, दक्ष जनशक्तिको ब्याब्स्थापन गर्नुपर्ने, टियु एपको निर्माण, पारर्दर्सिता, जबाफदेबिता र एक्टिभ हटलाइनको ब्यब्स्था गर्नुपर्ने माग राख्दै परीक्षा नियन्त्रण कार्यलयको मुल गेटमा धर्ना सहित बिरोध कार्यक्रम गर्ने ।
स्थान :- परीक्षा नियन्त्रण कार्यलय, बल्खु ।
समय :- ११:०० बजे ।
८.राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- ११:०० बजे ।
९.प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- ११:३० बजे ।
१०.शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- १२:१५ बजे ।
११.सिभिल सर्भिस अस्पतालको करार कर्मचारी हित संघर्ष समितिले सिभिल अस्पतालमा कार्यरत करार रेडियोलोजी तर्फका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धा बाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन सहित धर्ना दिने ।
स्थान :- सिभिल सर्भिस अस्पताल, मिनभवन ।
समय :- १३:०० बजे ।
१२.नविनकमल मजदुर भलाई कोष प्रा.लि. को कार्य शुभारम्भ उद्घाटन कार्यक्रम हुने ।
स्थान :- केन्द्रीय कार्यालय, बालाजु चोक ।
समय :- १३:०० बजे ।
१३.श्री मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान काठमाडौँ र एम्नेस्टी इन्टरनेसनल नेपालले दश वर्षे सशस्त्र द्वन्द्वकालमा हत्या गरिनुभएका पाणिनि संस्कृत माध्यामिक विद्यालय लमजुङका तत्कालीन प्रधानाध्यापक एवं एम्नेस्टी इन्टरनेसनल नेपाल, तत्कालीन शिक्षक समूह-७९, दुराडाँडा, लमजुङका संयोजक स्वर्गीय मुक्तिनाथ अधिकारीको २२ औं वार्षिक स्मृतिको सन्दर्भ पारेर “संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयकका विषयहरूको पीडित केन्द्रित समाधान” शीर्षकको अन्तरक्रियात्मक छलफल कार्यक्रम गर्ने ।
स्थान :- अल्फा बिटा हाउस, नयाँ बानेश्वर ।
समय :- १३:४५ बजे ।
१४.राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ देखि १९ गतेसम्म ‘केपी ओली कप’ प्रतियोगिता हुने जानकारी तथा तयारी व्यवस्थापनको बारेमा पत्रकार सम्मेलन गर्ने ।
स्थान :- होटल अर्याल, नयाँ बानेश्वर ।
समय :- १४:३० बजे ।
१५.मन्त्री परिषदको बैठक बस्ने ।
स्थान :- सिंहदरबार ।
समय :- १५:०० बजे ।