काठमाडौं उपत्यकामा आज हुने विशेष कार्यक्रमहरु

१.काठमाडौं महानगरपालिकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भुकम्प सुरक्षा दिवस समारोह कार्यक्रम गर्ने ।
स्थान :- भुकम्प स्मारक भुगोल पार्क, न्यूरोड ।
समय :- ८:०० बजे ।

२.सोमालियन शरणार्थीहरुले सोमालियामा भएको युद्धको कारण आफुहरु विस्थापित हुनु परेको र तत्काल सोमालिया फर्कने स्थिति नरहेकोले आफुहरुलाई UNHCR ले अन्य युरोपेली मुलुक लाई गरेकाे सहयोग साे सरह सोमालियाका नागरिक हरुलाई गाँस, बास, कपास काे ब्याबस्था गर्नु पर्ने माग राखि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान :- UNHCR को कार्यालय, महाराजगन्ज ।
समय :- ९:०० बजे ।

३.जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर बताउने बर्ष ६६ को तेल बहादुर घले मिति २०७५/०६/१४ गते नेपाली सेनाले सडक बनाउने क्रमा बिस्पोटन गर्दा घर र होटेल पुर्णरुपमा क्षती भएको र क्षेतिपुर्ती पूरा नपाएको भन्दै शान्तिपुर्ण धर्ना बस्ने ।
स्थान :- शान्तिवाटिका ।
समय :- १०:०० बजे ।

४.२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी कार्यक्रम हुने ।
स्थान :- दत्तात्रय, भक्तपुर ।
समय :- १०:०० बजे ।

५.स्वतन्त्र बिद्यार्थी युनियन बिश्वबिधालय क्याम्पसले परिक्षा नियन्त्रण कार्यलय रुपान्तरणका लागि परीक्षा नियन्त्रण कार्यलयलाइ प्रबिधी मैत्री बनाउनुपर्ने, शैक्षिक क्यालेन्डर लागु गर्नुपर्ने, परीक्षा नियन्त्रण कार्यलयको सेवा प्रबाहलाइ विकेन्द्रीकरण गर्नुपर्ने, राजनैतिक नियुक्ती बन्द गर्नुपर्ने, दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने, टियु एपको निर्माण, पारर्दर्सिता, जबाफदेबिता र एक्टिभ हटलाइनको ब्यब्स्था गर्नुपर्ने माग राख्दै परीक्षा नियन्त्रण कार्यलयको मुल गेटमा धर्ना सहित बिरोध कार्यक्रम गर्ने ।
स्थान :- परीक्षा नियन्त्रण कार्यलय, बल्खु ।
समय :- ११:०० बजे ।

६.राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- ११:०० बजे ।

७.अनेरास्ववियू उपत्यका विशेष कमिटीले दुई दिने प्रशिक्षण कार्यक्रम गर्ने ।
स्थान :- अनेरास्ववियू केन्द्रिय कार्यालय, अनामनगर ।
समय :- १२:०० बजे ।

८.योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले पन्ध्रौं शिवपार्वती रथयात्रा तथा यज्ञ अनुष्ठान आयोजना गर्न व्यवस्थापन समिति गठन गर्ने ।
स्थान :- रत्न पुस्तकालय, बानेश्वर, महादेवस्थान ।
समय :- १२:३० बजे ।

९.सिभिल सर्भिस अस्पतालको करार कर्मचारी हित संघर्ष समितिले सिभिल अस्पतालमा कार्यरत करार रेडियोलोजी तर्फका कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धा बाट पदउन्नति गर्ने निर्णय विरुद्ध विभिन्न पाँच बुँदे माग राख्दै कालो ब्यानर र प्ले कार्ड प्रदर्शन सहित धर्ना दिने ।
स्थान :- सिभिल सर्भिस अस्पताल, मिनभवन ।
समय :- १३:०० बजे ।

१०.नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत बार एशोसिएशनका सदस्यहरु वरिष्ठ अधिवक्ता श्री अनिल कुमार पोखरेल र बरिष्ठ अधिवक्ता श्री बालकृष्ण ढकाल सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु भएकोमा उहाँहरूको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गर्ने ।
स्थान :- नेपाल बार एशोसिएशनको सभाका, रामशाहपथ ।
समय :- १३:०० बजे ।

११.प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा २६ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस, २०८० मूल समारोह कार्यक्रम हुने ।
स्थान :- च.न.पा.१४ नैकाप स्थित फुटबल खेल मैदान ।
समय :- १३:०० बजे ।

१२.विधायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष, सिंहदरबार ।
समय :- १५:०० बजे ।

१३.मिटरब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समिती नेपालको चैत्र २० गते देखि शान्तिवाटिकाको धर्ना कार्यक्रम जारी ।

१४.धनुषा नगराइन नपा ८ खिरखरिया बस्ने बिनोद प्रसाद शाह सहित परिवारका ७ जना निजको जेठी छोरी बर्ष २२ की आरती साहलाई मिति २०८०/०२/०७ घर पक्षले कुटपिट गरि हत्या गरेकोले छोरीको हत्यारालाई कडा कार्वाहीको माग राखि असार १ गते राती २०:३० बजे देखि माइतीघर मण्डला र मंसिर ४ गते २०:३० बजे देखि शान्तिबाटिकामा बसेको शान्तिपुर्ण धर्ना जारी ।

-न्युजकिरण डटकम