महालक्ष्मी नगरपालिकामा पानीको लागि पाइप बिछ्याउन कार्य सुरु,उप मेयरले गरिन उदघाटन

जग्गा प्लटिङसँगै ह्वात्तै विकास मार्गले छोएको र बेस्सरी घरहरु थुप्रिएको तर पानी अवस्थित महालक्ष्मी नगरपालिकामा पानीको लागि पाइप बिछ्याउन कार्य सुरु भएको छ । शनिबार नगरपालिकाका उप मेयरले पाइप बिछ्याउन कार्यको उदघाटन गरेसँगै भट्टा आसपासका क्षेत्रहरूमा पानीको व्यवस्था हुनेमा टोलबासी आसावादी बनेका छन् । सरकारले मेलम्ची खानेपानी उपत्यकामा भित्राए पनि रिङरोड बाहिर पर्ने महालक्ष्मी नगरपालिकामा पानीको व्यवस्था नहुँदा सबै मारमा छन् ।

गोदावरी र चापागाउँ लगायतका मुहानबाट आउने पानी बर्ष दिनमा ४ महिना आउने र त्यसपछिको समय ट्याङ्करको पानीबाट स्थानीयले पानीको अभाव पूर्ति गरिरहेका छन् । पाइपलाइन खन्ने क्रममा एक स्थानीयले भने अब भने यो एरिया राम्रो हुने भयो ।त्यसो त उद्घाटन पछि उपमेयरले पनि सबै स्थानीय बासिन्दाहरूलाई साथ दिन आह्वान गरेकी छिन् । स्थानीय नेताकार्यकर्ताले भने तपाईंको कारणले त हामीले यता टिक्ने मौका पाएको भनेका छन् ।

साथै सहयोग स्थानीय बासिन्दाले गर्ने पनि भनेका छन् । कतिपय स्थानीय निकायमा केन्द्रीय नेताहरुको बिरोधका कारण सापेक्षिक विकास हुन सकेको छैन। महालक्ष्मी नगरपालिकामा पानीको व्यवस्था नहुँदा इमाडोल भट्टा एरियामा कोठाभाडा समेत लाग्न सकेको छैन् । पाइपलाइन निर्माण सुरु भएको स्थान आधा ललितपुर महानगरपालिका र आधा महालक्ष्मी नगरपालिकामा अवस्थित छ ।