नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा १० वटा छुट्टा छुट्टै रिट दर्ता

नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा १० वटा छुट्टा छुट्टै रिट दर्ता भएका छन्। तिहार बिदापछि आज अदालत खुलेपछि सर्वोच्चमा १० वटा रिट दर्ता भएका हुन् ।

१० वटै रिट आज दर्ता भएका हुन् । सबैजसो रिटमा टिकटक माथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय बदर गर्न माग गरिएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, र निर्णय गर्दा कुनै कानूनी आधार नटेकेकोले सरकारको निर्णय खारेज गर्नको लागि अन्तरिम आदेशको माग गरिएको छ।

मङ्सिर २ गते शनिबार भएको, र मङ्सिर ३ गते छठ पर्वको सार्वजनिक बिदा परेकोले यी रिट माथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाई हुने छ । कार्तिक २७ मा बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

क-कसले दर्ता गरे रिट ?

१. अधिवक्ता यज्ञमणि न्यौपाने समेत

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण काठमाडौ

२. अधिवक्ता डा.सुनिल रंजन सिंह

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ

३. अधिवक्ता त्रिलोक बहादुर चन्द

विपक्षी बनाईएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ , नेपाल टेलिकम भद्रकाली प्लाजा काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण अनु्गमन महाशाखा जमल काठमाडौ

४. अधिवक्ता अनन्तराज लुईटेल समेत

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , कानून न्याय संसदिय मामिला मन्त्रालय सिंहदरबार काठमाडौ / सूचना प्रविधि तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ

५.फर्सुराम पाण्डे

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ

६. वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , नेपाल दूरसंचार प्राधिकरण जमल काठमाडौ / सूचना तथा संचार मंत्रालय सिंहदरबार काठमाडौ

७. अधिवक्ता अञ्जन धिताल

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुरसंचार प्राधिकरण जमल काठमाडौ

८. अधिवक्ता भद्र प्रसाद नेपाल (स्वागत) नेपाल

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ / नेपाल दुर संचार प्राधिकरण राष्ट्रिय नाचघर काठमाडौ

९. अधिवक्ता रामकृष्ण बन्जारा

विपक्षी बनाइएको : प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , सुचना तथा संचार मन्त्रालय सिंहदरबार काठमाडौ / महानिर्देशक नेपाल दुर संचार प्राधिकरण जमल काठमाडौ

१०. अधिवक्ता प्रेमराज सिलवाल

विपक्षी बनाइएको : सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ / सूचना तथा संचार प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौ
-बिजपाटीबाट