बझाङमा कन्डम चोरी, प्रहरीद्वारा खोजीकार्य जारी

बझाङमा एक स्वास्थ्यचौकीबाट कण्डम चोरी भएको छ। जिल्लाको सुर्मा गाउँपालिका ३ धनीधारामा रहेको स्वास्थ्यचौकीबाट कण्डम चोरी भएको हो । बुधबार राति स्वास्थ्यचौकी तोडफोड गरेर कण्डम चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा समेत क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।