सैलुङ्मा एडभेन्चरले आयोजना गरेको तीन दिने भ्रमण उत्साजनक रूपमा सम्पन्न

दोलखा र रामेछापको सिमानामा पर्ने सैलुङको पर्यटकीय प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क एडभेन्चरले आयोजना गरेको तीन दिने भ्रमण उत्साजनक रूपमा सम्पन्न भएको छ । भ्रमणमा ख्यातीप्राप्त कलाकार, लेखक, चिकित्सकदेखि विदेशी पर्यटक पनि सहभागी थिए ।

पाहुनाहरूलाई स्थानीय बासिन्दाहरूले भव्य स्वागत गरेका थिए । एकैपटक धेरै पर्यटक टेन्ट टाँगेर बसेको देखेर स्थानीय छक्क परेका थिए । सुन्दर सैलुङमा टेन्ट टाँगिएकाे दृष्य झनै मनमाेहक देखिएकाे थियाे ।अझ नेपाली झण्डा फहराइएको दृश्य कति रमाइलो रमाइलो ।
कुन्ती मोक्तानद्वारा गाइएको गीत सम्झिरहनु पर्ने:
माथि माथि सैलुङ्गेमा चौरी चराउनेलाई,
हत्केलामा मायाको गुराँस फुलाउनेलाई,
भन्दिनु है भन्दिनु …खाली छ।