शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम गरेर राष्ट्रिय शिक्षा दिवस २०८० सम्पन्न

महालक्ष्मी नगरपालिकको आयोजनामा “समावेशी र सिपमुलक शिक्षा: स्वदेशमा युवा राष्ट्रको इच्छा ” भन्ने आर्दश वाक्यकासाथ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम गरेर राष्ट्रिय शिक्षा दिवस २०८० सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा ८ को आधारभूत तह (BLE) को परीक्षा २०७९ र माध्यामिक शिक्षा परीक्षा (SEE) २०७९ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा सँस्थागत विद्यालयका विद्यार्थी, विषय शिक्षक तथा विद्यालयलाई सम्मान, पुरस्कार तथा प्रशँसापत्र प्रदान गर्नुका साथै निवृत दीर्घ सेवा गर्ने सामुदायिक विद्यालयका शिक्षकहरु, महालक्ष्मी नगरपालिकामा शिक्षा क्षेत्रमा कर्यरत सँस्थाहरु ECEC Innovation in Education, CSN काठमाडौ, कारखाना समूह, Right to Study तथा चर्चित कलाकार रामचन्द्र अधिकारीलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख श्री हरिगोविन्द श्रेष्ठ, नगर उप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत रुद्रलाल भुसाल, सामाजिक विकास समितिका सँयोजक श्री बाबुराजा महर्जन, शिक्षा समितिका सदस्यहरु प्रअ श्री गोपालप्रसाद घिमिरे र डा. चेतनाथ पन्तले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नगरस्तरीय निबन्ध प्रतियोगितको आधरभूत तह र माध्यामिक तहमा प्रथम हुने छात्र छात्राहरुले निबन्ध बाचन, विभिन्न विद्यालयको विद्यार्थीहरुको नृत्य समेत प्रस्तुती भएको कार्यक्रमको सञ्चालन प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले गर्नु भएको थियो।

यो पनि पढ्नुहोस्
मंगलबार भएको विशेष समारोहमा नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उपमेयर लक्ष्मी महर्जन लगायतले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरे । नगरपालिकाका प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले शिक्षा दिवस २०८० को अवसरमा उत्कृष्टलाई सम्मान गरको जानकारी दिए ।

नगरपालिकाले ‘समावेशी र सीपमुलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ शिक्षा दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको प्रमुख शिक्षा अधिकृत पौडेलले बताए ।

कार्यक्रममा नगरस्तरीय निबन्ध प्रतियोगितामा आधारभूत तहबाट पहिलो भएका आयुष तिमल्सिना, दोस्रो भएका स्तुति पौडेल, तेस्रो भएको छसाङ्मु शेर्पा र सान्त्वना वैभव रेग्मीलाई पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई क्रमशः ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिएको थियो ।

आधारभूत तहको निबन्ध वाचनमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएका क्रमशः मुस्कान कटुवा, केमन तामाङ, जसराज राई र सोनीकुमारी बान्ठालाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा गएको वर्ष अवकास पाएका शिक्षकलाई दीर्घ सेवा सम्मान गरिएको थियो ।

कार्यक्रममा कक्षा ८ को परीक्षामा उत्कृष्ट छात्रछात्राहरु रितिका भट्ट, स्पर्श भट्टराई, मिलन कालिकोटे र दीक्षा आचार्यलाई नगद जनही १२ हजार सहित पुरस्कृत गरिएको थियो ।

नगरपालिकाले २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अञ्जना ओझा, कृतिका न्यौपाने, निश्चयराज श्रेष्ठ, सुजिताकुमारी शाह, युनिक महर्जन, युनिशा श्रेष्ठ र विनम्र आचार्यलाई जनही नगद १५ हजारसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाको शैक्षिक अभियानमा योगदान दिने संघ संस्था तथा व्यक्तिहरु ईसीईसी जावलाखेल, सीएसएन काठमाडौं, राइट्स टू स्टडी नेपाल काठमाडौं, कारखाना समूह र रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले विद्यालयहरुलाई सहकार्य शैक्षिक गुणस्तर वृद्धि गर्नतर्फ केन्द्रित हुन सुझाव दिए । उनको भनाइ थियो, ‘साना र ठूला विद्यालयबीच सहकार्य हुने हो भने शैक्षिक गुणस्तर र पूर्वाधार विकासमा सहयोग हुन्छ ।’ उनले सहकार्यका लागि नगरपालिकाले सहजिकरण गर्ने बताए ।

मेयर श्रेष्ठले नगरपालिकाले विद्यालयको अनुगमलाई तीब्रता दिने बताउँदै अनुगमन भन्नेवित्तिकै नतर्सन अपिल गरे ।

उपमेयर लक्ष्मी महर्जनले महालक्ष्मी नगरपालिकालाई शैक्षिक हब बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले विद्यार्थी विदेशिने समस्या जटिल हुँदै गरेको बताउँदै नीतिगत सुधारमा जोड दिइन् ।