नेपालमा गाईवस्तुका किसान घटे; यस्तो छ केन्द्रीय तथ्याङ्क

किसान भन्ने बित्तिकै मकै,धान, गहुँ,कोदो आदि। बाली लगाएर खाने वर्ग बुझिन्छ । अहिले विभिन्न फामहरु संचालन गर्नेहरु किसानको नाममा चिन्निन्छन् । चाहे गाईपालन, भैँसी पालन , बाख्रापालन वा माछापालन नै किन नहोस किसानको रुपमा उसलाई अहिले चिनिन्छ ।

केन्द्रीय तथ्याङ्क अनुसार नेपालमा गाई र गोरु (गाईवस्तु)पाल्ने किसानहरुको संख्यामा ठूलो गिरावट आएको छ ।
बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको हो ।

नयाँ तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई र गोरुको संख्या करिब ३ वटा छ ।

हाल १७ लाख ८ हजार घर परिवारले गाई-गोरु पालन गरिरहेका छन् । जुन अघिल्लो गणनाको तुलनामा ५ लाख ७३ हजार परिवारले कम हो । २०६८ मा २२ लख ८१ हजार परिवार गाई-गोरु पालनमा थिए ।

कार्यालयकाअनुसार नेपालमा १८ लाख ७७१ हजारले गाई र गोरुको संख्या घटेको छ । नयाँ तथ्यांकअनुसार नेपालभर अहिले गाई र गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ । जुन गत २०६८ सालमा देशभर गाई र गोरुको संख्या ६४ लाख ३० हजार थियो ।