पञ्जाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएपछि अस्पतालमा उपचारका निम्ति लगियो । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् ।
आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह थियो । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने । पाउडर सुँघेपछि के भयो थाहै भएन ।
यो कुरा थाहा पाएपछि अहिले उनकी आमाले छोरी समेत साथमा नै लिएर सचेतनाका लागि हिँडेकी छिन् । विभिन्न ठाउँमा कार्यक्रम तथा भेटघाट गर्दै उनले छोरीलाई समेत बोल्न लगाएर सानो उमेरका छोरी छोरीमाथि बाबु आमासँगै आफन्तले पनि निक्कै ख्याल गर्नुपर्ने उनीहरू भन्ने गर्दछन् ।
अन्यथा किशोर किशोरी अवस्थामा नै गलत कर्ममा फसेर जीवन बर्बाद हुने भन्दै उनीहरुको तर्क छ । उनीहरू सचेतनाको स्वर सुनाउँदै हिंडेका छन् ।