फागुन २१ का लागि रामेछापमा १७ जनाले गरे मनोनयन दर्ता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ रामेछाप जिल्लामा १७ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य दल काँग्रेसबाट रामचन्द्र खड्का, एमालेबाट माधव प्रसाद ढुंगेल र नेपाली कम्युनिस्ट पार्टीबाट श्याम कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपाबाट डा. कृष्ण हरी बुढाथोकी,उज्यालो नेपाल पार्टीबाट दिपबहादुर योञ्जन,राप्रपाबाट गोरेबहादुर तामाङ,श्रम संस्कृति पार्टीबाट डिबि थापा मगरले उम्मेदवारी दर्ता गराए । राष्ट्रिय त्यसैगरी जनमोर्चाबाट अर्जुन बहादर थापा मगर,नेमकिपाबाट केशरी श्रेष्ठ,प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट विरेन्द्र श्रेष्ठ,आम जनता पार्टीबाट पदम बहादुर तामाङ,मंगोल नेशनल अर्गनाईजशन पार्टीबाट बिनोद घिसिङ,नेकपा माओवादीबाट यमुन बहादुर बस्नेत,नेशनल रिपब्लिक पार्टीबाट याम बहादुर मोक्तानले मनोनयन दर्ता गराउनुभयो ।
बाबुकाजी खड्का,सन्तोष घिमिरे र अरुण कार्कीले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन । उम्मेदवारी दर्तालाई व्यवस्थित र मर्यादित तुल्याउन सर्वदलीय सहमतिका आधारमा निर्वाचनमा भाग लिने पार्टी र उम्मेदवारलाई फरक–फरक समय तोकिएको थियो।हाल एक निर्वाचन क्षेत्र रहेको रामेछापमा विगतमा २ वटा निर्वाचन क्षेत्र थिए ।