काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई सीपमूलक तालिम दिने

५ बैशाख २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका ९० वटा सामुदायिक विद्यालयहरूमा यसै शैक्षिक सत्रदेखि कक्षा ९ का विद्यार्थीहरूलाई सीपयुक्त तालिम दिने भएको छ।

एक सूचना जारी गर्दै महानगरले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने जनाएको छ।

सो दिन अतिरिक्त क्रियाकलाप र विभिन्न सफ्ट स्किल सिकाउने महानगरको योजना छ।

महानगर शिक्षा विभागले पाइलटिङ प्रोग्रामको रूपमा पाठ्यक्रम नै तयार गरेर केही विद्यालयका कक्षा-९ का विद्यार्थीलाई ९० घण्टाको ब्युटिसियन तालिम, प्लम्बिङ, मोबाइल रिपेयरिङ, पाक शिक्षा जस्ता तालिम दिने भएको हो।

शैक्षिक सत्रको अन्तिममा सबैले सीटीईभीटीबाट प्रमाणपत्र प्राप्त गर्नेछन्।