ओचोहाइटमा २ बच्चा सहित एक महिलाको मृत्यु

महालक्ष्मी नगरपालिका वडा नं. ३ इमाडोल,ओचोहाइटमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करीब ३ बजेतिर आमा रविना महर्जन र उनका दुई सन्तानको मृत्यु भएको हो ।ओचोगेट नजिकै आफ्नै घरको तीन तलाबाट हाम्फालेपछि आमा रविना महर्जनको मृत्यु भएको जनाइएको छ । उनका ६ वर्षीय छोरा र दुई बर्षीया छोरी पनि अचेत अवस्थामा भेटिएका थिए । शनिबार घटना घटे लगत्तै उपचारको लागि उनलाई र २ बालबालिकालाई किष्ट अस्पतालमा पुर्याइएको थियो ।उपचारको क्रममा किष्ट अस्पतालमा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले जानकारी दिएका छन् ।उनका श्रीमान मूर्ति व्यवसायी हुन् । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । ओचोहाइट अहिले शोकमग्न बनेको छ ।