जनक लामा र अर्चना स्याङतानको आवाजमा मायाको घेरो , हेर्नुहोस् भिडियोसहितको दोहोरी

टिपिकल एवम् चर्चित दोहोरी गायक जनक लामा र अर्चना स्याङतानको स्वरमा नयाँ लोकदोहोरी गीत मायाको घेरो हालै बजारमा सार्वजनिक भएको छ । शान्ति तामाङ र उत्तम भन्डारीको सहस्वर रहेको यस दोहोरीको भिडियो निर्देशक भने निरेन श्रेष्ठ छन् । काठमाडौंको भूतखेलमा छायांकन गरिएको उक्त भिडियोलाई दर्शकले मन पराइ रहेका छन् ।काँठे गीतका चर्चित संगीत संयोजक(एरेन्जर)विष्णु तामाङको एरेन्ज रहेको उक्त गीतमा लय तथा शब्द क्रमश:रेशम थिङ र देवेन्द्र लामिछाने भरेका छन् ।सोमबार युट्युब बजारमा आएको उक्त दोहोरी गीत माया पिरती विषयको कथामा आधारित छ ।गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।उदयमान गायिका शान्ति तामाङको यो दोस्रो एल्बम हो ।
यस्तो छ भिडियो:-