भैंसेपाटी र ढोलाहिटीमा २ जना मृत अवस्था फेला

ललितपुर । भैसेपाटी र ढोलाहिटीमा २ जना मृत अवस्थामा फेला परेका छन् ।ललितपुरको ललितपुर महानगरपालिका २२ भैँसेपाटीस्थित पोखरीमा ललितपुर बुङमती बस्ने ५६ वर्षीय चिरी बाबु श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।अर्का मृतक ललितपुर महानगरपालिका १४ ढोलाहिटी साङपाङचोक डेरा गरी बस्ने रामेछाप गोकुलगंगा घर भएका ३४ वर्षीय संरिच सुनुवार रहेका छन् ।उनी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका थिए ।घटनाहरुका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारीमा आएको छ ।