बुधबार मध्यरातमा गएको भिषण पहिरोको कारण भोटेकोशी गाउँ नै बगाएपछि उद्दारको लागि सभामुख अग्निप्रसाद सापकोटा हेलिकप्टर लिएर उक्त क्षेत्रमा जाने भएका छन् ।
बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा मध्यरातमा आएको बाढी पहिरोले ठूलो क्षति भएपछि उद्धार कार्यका लागि सभामुख सिन्धुपाल्चोक जाने भएका हुन् ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्दार गर्नकै लागि सभामुखलाई आग्रह गरेपछि सभामुख सापकोटा उक्त क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकारले जनाएका छन् । सभामुख सापकोटाको निर्वाचन क्षेत्र भोटेकोशी र खाल्डे खोलामा आएको बाढीले दुई दर्जन भन्दा बढी घर बगाएको छ ।बाढीमा २० जना बेपत्ता छन् दुई जनाको मृत्यु भएको पुष्टि भैसकेको छ । सम्पूर्ण क्षतिको विवरण भने आउन बाँकि छ ।